प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई बोल्न समय दिएपछि संसदमा प्रतिपक्षीको अवरोध
Prime TV News १४ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधि सभा बैठकमा आज प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाह ले दिने कार्यसूची भए पनि पछि उनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोल्न समय दिइएपछि प्रतिपक्षी दलहरू आक्रोशित भएका हुन् ।
प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै प्रतिपक्षी सांसदहरूले विरोध जनाएका छन् । केही सांसदहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् । विवादका कारण बैठक केही समय अवरुद्ध भएको छ । संसदमा स्थिति तनावपूर्ण बनेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ ।







