संसद बैठकमा विवाद, हर्क साम्पाङ बैठक छोडेर बाहिरिए

User Image Prime TV News १३ घण्टा अगाडि
Image of संसद बैठकमा विवाद, हर्क साम्पाङ बैठक छोडेर बाहिरिए

काठमाडौ । प्रतिनिधि सभा बैठक बुधबार विवादका कारण प्रभावित भएको छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले नियमापत्ति गर्दै एमाले नेता रामबहादुर थापाले अघिल्लो दिन बोलेका शब्द हटाउन माग गरेका थिए । त्यसपछि सभामुख डीपी अर्यालले ती शब्द संसद्को रेकर्डबाट हटाउन आदेश दिएका थिए ।

तर सभामुखको उक्त निर्णयपछि विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै बैठकमा अवरोध गरेका थिए । विवाद चर्किँदै जाँदा हर्क साम्पाङ बैठक छोडेर बाहिरिएका छन् । उनीसँगै श्रम संस्कृति पार्टीका सांसदहरू पनि बैठकबाट बाहिरिएका छन् । विपक्षी दलहरूको विरोधका बीच पनि केही दलका सांसदहरूले बैठकमै आफ्नो असन्तुष्टि जारी राखेका थिए ।