प्रधानमन्त्री नआए संसद बहिष्कार गर्ने प्रतिपक्ष दलहरुको चेतावनी

User Image Prime TV News १२ घण्टा अगाडि
Image of प्रधानमन्त्री नआए संसद बहिष्कार गर्ने प्रतिपक्ष दलहरुको चेतावनी

काठमाडौ । प्रतिनिधि सभामा नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले नदिए संसद बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ ।

बैठकमा बोल्दै प्रतिपक्ष दलका नेताहरुले प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने बताएका हुन् । कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री सदनमा उपस्थित नभएको विषयलाई गम्भीर रूपमा उठाएका हुन् ।

उनले प्रधानमन्त्रीले संसदीय परम्परा र मर्यादालाई बेवास्ता गरेको आरोप लगाए । साथै, प्रधानमन्त्रीको अनुपस्थितिमा सम्बन्धित मन्त्रीले जवाफ दिने प्रचलन भए पनि अहिले त्यसलाई पालना नगरिएको टिप्पणी गरे ।

केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पनि प्रधानमन्त्री अनुपस्थित रहेको स्मरण गराउँदै, जवाफ दिने समयमा पनि उनी नआए आफूहरू संसद बैठकमा सहभागी नहुने बताएका छन् ।