प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने कानुनी बाध्यता नरहेको रास्वपाको तर्क

User Image Prime TV News ११ घण्टा अगाडि
Image of प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने कानुनी बाध्यता नरहेको रास्वपाको तर्क

काठमाडौ । प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले नै दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेका छन् । विपक्षी सांसदहरूले प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राखेका छन् । तर सत्तापक्षले भने प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने कानुनी बाध्यता नरहेको बताएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीको धारा ३८ (उपधारा ३) अनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा सम्बन्धित मन्त्रीलाई जवाफ दिन तोक्न सकिने व्यवस्था रहेको बताए ।

उनका अनुसार प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आफ्नो प्रतिनिधिका रूपमा तोकेको जानकारी प्राप्त भएको छ । सोहीअनुसार संसदको कार्यसूची अघि बढाउनुपर्ने उनले आग्रह गरेका छन् ।