सुकुम्बासी बस्ती हटाउने अभियानविरुद्ध आन्दोलन घोषणा, विहिवार चक्काजाम गर्ने

User Image Prime TV News ८ घण्टा अगाडि
Image of सुकुम्बासी बस्ती हटाउने अभियानविरुद्ध आन्दोलन घोषणा, विहिवार चक्काजाम गर्ने

काठमाडौ । अखिल नेपाल सुकुम्बासी संघले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारी कदमको विरोध गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै संघले गुठी तथा बिर्तापीडित समुदायमाथि जबर्जस्ती उठीवास गराइएको आरोप लगाएको हो।

संघका अध्यक्ष अमर परियारले अदालतले बस्ती खाली नगराउन अन्तरिम आदेश दिँदादिँदै पनि कोहलपुर मा डोजर चलाइएको बताए। उनले सरकारले अदालतको आदेश नमानेको आरोप लगाए। उनले नेपाली सेना समेत विवादित रूपमा परिचालन गरिएको भन्दै त्यसको विरोध गर्ने बताए।

संघले वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म चक्काजाम गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। आन्दोलनलाई सहयोग गर्न संघले सर्वसाधारण र यातायात व्यवसायीलाई सो समयमा सवारी साधन नचलाउन आग्रह गरेको छ।