प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि सभामुख छलफलमा
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको विरोधपछि अवरुद्ध भएको छ। सदनमा जारी अवरोध हटाउन सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल थालेका छन्।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा विपक्षी दलहरूले प्रधानमन्त्रीले नै सदनमा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई प्रस्ताव प्रस्तुत गर्न समय दिइएपछि विपक्षी सांसदहरू आक्रोशित बनेका हुन्।
विपक्षी सांसदहरूले बैठकमै उठेर विरोध जनाएपछि सदनको कार्यवाही प्रभावित भएको थियो। लगातार नाराबाजी र विरोध जारी रहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। बैठक स्थगितपछि सभामुखले दलहरूबीच सहमति जुटाएर सदन सञ्चालन गर्ने प्रयासस्वरूप परामर्श सुरु गरेका हुन्।
विपक्षी दलहरूले भने प्रधानमन्त्री स्वयं उपस्थित नभएसम्म आफ्नो विरोध जारी रहने संकेत दिएका छन्।







