सर्वोच्च अदालतबाट रोशनी नेपाली पक्राउ
Prime TV News ८ घण्टा अगाडि 
काठमाडौ । फिल्म लालीबजारको प्रदर्शनविरुद्ध मुद्दा दायर गरेकी अभियन्ता रोशनी नेपालीलाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार सर्वोच्च अदालतमा फिल्मसँग सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेका बेला उनले इजलासभित्र हुलहुज्जत गर्न खोजेको आरोप लागेको छ। त्यसपछि अदालतको सुरक्षामा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अदालतजस्तो संवेदनशील स्थानमा अवाञ्छित गतिविधि गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिनुपरेको हो। पक्राउपछि उनलाई सिंहदरबार प्रहरी परिसरमा राखिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौका एसपी पवनकुमार भट्टराईले घटनाबारे जानकारी दिँदै आवश्यक अनुसन्धान भइरहेको बताएका छन्।
फिल्म ‘लालीबजार’ को प्रदर्शनलाई लिएर पछिल्लो समय विवाद बढ्दै गएको छ।







