नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

User Image Prime TV News ७ घण्टा अगाडि
Image of नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौ । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन्। भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मा पुगेर राजीनामा बुझाएको स्रोतले जनाएको छ।

उनको राजीनामापछि निगमभित्र नयाँ नेतृत्वको चर्चा सुरु भएको छ। यद्यपि राजीनामाको कारणबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। मन्त्रालयले राजीनामामाथि आवश्यक प्रक्रिया अगाडि बढाउने तयारी गरेको बताइएको छ। भट्टको कार्यकालमा इन्धन आपूर्ति, मूल्य समायोजन तथा निगम व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषय चर्चामा रहेका थिए।