प्रधानमन्त्री कार्कीले यस वर्ष दसैँमा टीका नलगाउने

User Image Prime TV News ४ दिन अगाडि
Image of प्रधानमन्त्री कार्कीले यस वर्ष दसैँमा टीका नलगाउने

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको दशैँमा टीका नलगाउने भएकी छन् । हालै सम्पन्न जेनजी पुस्ताको आन्दोलनमा युवाहरूले ज्यान गुमाएको र कैयौं घाइते भएको पीडादायक घटनालाई स्मरण गर्दै प्रधानमन्त्रीले चाडपर्व नमनाउने निर्णय गरेकी हुन् । 

प्रधानमन्त्रीको सचिवालयबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ, देशकाकैयौंयुवालेआफ्नोजीवनकोआहुतिदिएकाबेलाचाडपर्वमनाउनुभन्दाउनीहरूकोबलिदानप्रतिसम्मानप्रकटगर्नुउचितठानिएकोछ।

सचिवालयले सर्वसाधारणलाई पनि आफ्नो विवेक अनुसार संवेदनशील ढंगले दसैँ मनाउन आह्वान गरेको छ।

जेनजी आन्दोलनका क्रममा उत्पन्न घटनाहरूको छानबिन अझै जारी छ, र सरकारले पीडित परिवारहरूलाई राहत तथा न्याय दिलाउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ।