कांग्रेस खड्का पक्षको बागमती भेलाले केन्द्रीय समितिमा गरिएको मनोनयनप्रति असन्तुष्टि

User Image Prime TV News १३ घण्टा अगाडि
Image of कांग्रेस खड्का पक्षको बागमती भेलाले  केन्द्रीय समितिमा गरिएको मनोनयनप्रति असन्तुष्टि

काठमाडौ । नेपाली कांग्रेस भित्रको पूर्णबहादुर खड्का पक्षीय बागमती प्रदेशस्तरीय भेलाले केन्द्रीय समितिमा गरिएको मनोनयनप्रति असन्तुष्टि जनाएको छ।

बुधबार सम्पन्न उक्त भेलाले ९ बुँदे निष्कर्ष जारी गर्दै समूहगत परामर्शबिना गरिएको मनोनयनले पार्टीको एकता कमजोर बनाएको निष्कर्ष निकालेको हो। भेलाले पार्टीको विधान संशोधन प्रक्रिया मनोमानी ढंगले अघि बढ्न नसक्ने भन्दै स्थापित पद्धति पालना गर्नुपर्नेमा जोड दिएको छ।

निष्कर्षमा केन्द्रीय समितिमा प्रतिनिधित्व र परामर्श बिना गरिएको मनोनयनले पार्टीभित्रको बृहत् एकताको वातावरण बिगार्ने काम गरेको उल्लेख गरिएको छ। यस्ता गतिविधि रोक्दै संवाद, सहमति र सहकार्यका आधारमा पार्टी एकता मजबुत बनाउनुपर्ने भेलाको निष्कर्ष छ।