जसपा नेपाल र लोसपा एकीकरणलाई निर्वाचन आयोगको मान्यता

User Image Prime TV News १२ घण्टा अगाडि
Image of जसपा नेपाल र लोसपा एकीकरणलाई निर्वाचन आयोगको मान्यता

काठमाडौ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीच भएको एकीकरणलाई औपचारिक रूपमा मान्यता दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार लोसपा अब औपचारिक रूपमा जसपा नेपालमा गाभिएको छ। यो निर्णय मंगलबार गरिएको हो। यी दुई दलबीच गत पुस महिनामा एकीकरण गर्ने सहमति भएको थियो।

त्यसपछि उनीहरूले निर्वाचनअघि नै आयोगमा मान्यता दिन माग गर्दै निवेदन दिएका थिए। एकीकृत दलका नेताहरूमा उपेन्द्र यादव र महन्थ ठाकुर रहेका छन्। निर्वाचन आयोगका अनुसार २१ फागुनमा भएको निर्वाचनमा जसपा नेपालले समानुपातिकतर्फ १ लाख ८२ हजार २८५ मत प्राप्त गरेको थियो।