प्रधानमन्त्रीको उपस्थिति माग गर्दै प्रतिनिधिसभा बैठक फेरि अवरुद्ध

User Image Prime TV News ९ घण्टा अगाडि
Image of प्रधानमन्त्रीको उपस्थिति माग गर्दै प्रतिनिधिसभा बैठक फेरि अवरुद्ध

काठमाडौ । प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलको अवरोधपछि प्रभावित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो।

बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाहले आर्थिक वर्ष ०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी थियो। तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रस्ताव पेस गर्न रोस्ट्रममा बोलाइएपछि विपक्षी सांसदहरूले विरोध सुरु गरेका थिए।

विरोधपछि सभामुख डीपी अर्यालले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। छलफलपछि बैठक केही समयका लागि पुनः सञ्चालन भए पनि विपक्षी दलले पुनः अवरोध जारी राखे। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग रुलिङको माग गरेका छन्।

लगातार अवरोधका कारण बैठक पटक–पटक स्थगित हुँदै आएको छ भने सभामुखले दलहरूसँग छलफल गरेर समाधान खोज्ने प्रयास गरिरहेका छन्।