आईसीसी ओडीआई ब्याटिङ वरियतामा दुई नेपाली खेलाडी शीर्ष १०० भित्र

User Image Prime TV News ७ घण्टा अगाडि
Image of आईसीसी ओडीआई ब्याटिङ वरियतामा दुई नेपाली खेलाडी शीर्ष १०० भित्र

काठमाडौ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो ओडीआई ब्याटिङ वरियतामा नेपालका दुई खेलाडी शीर्ष १०० भित्र परेका छन्। आसिफ शेख ९३औँ स्थानमा पुगेका छन् भने उनले १३ स्थान सुधार गरेका हुन्। त्यसैगरी दीपेन्द्रसिंह ऐरी ९९औँ स्थानमा रहेका छन् र २ स्थान माथि उक्लिएका छन्।

यसअघि ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा नेपाली ब्याटर नपरेको अवस्थामा यो उपलब्धिलाई महत्वपूर्ण मानिएको छ। हालै भएको लिग २ शृंखलामा राम्रो प्रदर्शन गरेपछि उनीहरूको वरियता सुधार भएको हो। आसिफले ओमानविरुद्ध ९४ रनको उत्कृष्ट पारी खेलेका थिए।

दीपेन्द्रले यूएई र ओमानविरुद्ध लगातार राम्रो प्रदर्शन गरेका थिए। उनले एक खेलमा शतकसमेत बनाएका थिए भने अन्य खेलहरूमा पनि महत्वपूर्ण रन जोडेका थिए। यसैगरी अलराउन्डर वरियतामा दीपेन्द्र २८औँ स्थानमा छन् भने बलिङ वरियतामा सन्दीप लामिछाने ४२औँ स्थानमा रहेका छन्।