प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
Prime TV News ६ घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको बैठक विपक्षी दलको अवरोधपछि भोलिसम्मका लागि स्थगित गरिएको छ। बुधबारको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराएर नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै अवरोध गरेका थिए।
विपक्षी दलहरूले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन अघि सारिएको भन्दै आपत्ति जनाएका हुन्। सभामुख डीपी अर्यालले पटक–पटक बैठक सञ्चालन गर्न आग्रह गरे पनि सहमति नजुटेपछि बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।
सभामुख अर्यालले सदन सञ्चालनका लागि प्रधानमन्त्रीसँग आफैं छलफल गर्ने बताएका छन्।







