कुन देशमा कतिवेला टिकाको साइत: सुची सहित


काठमाडौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।
समितिका अनुसार विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको हो । विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको समितिले जनाएको छ ।
- नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे,
- दिल्ली,भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ :४९,
- न्युयोर्क अमेरिकाकालागि अक्टोबर १ को दिन बिहान११ :२५,
- फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ :५७,
- वोवेन्स्वोरोकेण्टुकी अमेरिकाकालागि ११ :०५,
- टेक्सासका लागि ११:३३,
- वासिङ्गटन डिसीकालागि ११ :३५,
- क्यालिफोर्नियाकालागि बिहान ११ :११,
- कोलोराडोका लागि ११ :२९ बजेको साइत शुभ रहेको छ ।
यसैगरी,
- टोरेण्टो क्यानडाकालागि १ अक्टोबरका दिन बिहान११ :५५,
- भ्यानकुभरका लागि ११ :३३,
- टोकियो जापानकालागि २ अक्टोबरका दिन बिहान ११ :३१,
- सिड्नी अष्ट्रेलियाकालागि २ अक्टोबरकादिन बिहान ११ :४३,
- मेलबर्न अष्ट्रेलियाकालागि सोही दिन बिहान ११ :१९,
- व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ :५३,
- एडिलेटका लागि ११ :३५,
- क्यानबेराका लागि ११ :५१,
- तास्मानियाकालागि ११ :४५,
- पर्थकालागि ११ :२५ र
- डार्बिन अष्ट्रेलियाकालागि बिहान११ :४७ बजेको साइत शुभ रहेको छ।
यस्तै,
- बेलिङ्गटन न्यूजिल्यान्डकालागि २अक्टोबरका दिन बिहान११ :२३,
- लिस्बन पोर्चुगलकालागि सोही दिन बिहान०९ :२३,
- लण्डन बेलायतकालागि बिहान०९ :१७,
- पेरिस, फ्रान्सका लागि बिहान ०९ :५७,
- नर्वेको ओस्लोकालागि बिहान १० :०३,
- क्वालालम्पुर मलेसियाकालागि बिहान ११ :११,
- अवुधावी युएइकालागि बिहान १० :५५,
- दोहा कतारकालागि बिहान १० :१३,
- बैंकक थाइल्याण्डकालागि बिहान१० :४५,
- सियोल दक्षिण कोरियाकालागि बिहान १० :५७,
- तेलअभिभ इजरायलकालागि बिहान ११ :३५,
- सिङ्गापुरकालागि बिहान११ :०९,
- हङ्कङ्कालागि बिहान ११ :४५,
- साउदी अरेबियाकालागि बिहान १० :५५,
- याङ्गून म्यानमारकालागि बिहान१० :२७,
- जेनेभा स्विट्जरल्याण्डकालागि बिहान१ ० :२५ र
- माल्टा कालागि बिहान १० :५५ बजेको साइत