यस वर्षको लागि सगरमाथा आरोहण मार्ग खुला

User Image Prime TV News एक घण्टा अगाडि
Image of यस वर्षको लागि सगरमाथा आरोहण मार्ग खुला

काठमाडौ । यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ । सगरमाथा आधारशिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुला भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग संघ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको थियो ।

बुधबार १०ः२५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग निर्माण (डोरी टाँगिएको) गरिएको पर्यटन विभागले जनाएको छ । डोरी टाँग्न आधारशिविरदेखि ‘क्याम्प–२’ सम्म आठजना आइसफल डाक्टर तथा क्याम्प–२ देखि चुचुरोसम्म ११ जना पथप्रदर्शक संलग्न रहेका विभागले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस