बेइजिङमा ट्रम्प र सीबीच भेटवार्ता

User Image Prime TV News ५४ मिनेट अगाडि
Image of बेइजिङमा ट्रम्प र सीबीच भेटवार्ता

काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच बिहीबार चीनको राजधानी बेइजीङमा भेटवार्ता भएको छ। बेइजिङको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सीले ट्रम्पलाई स्वागत गरेका थिए। भेटका क्रममा दुवै नेताले हात मिलाएका थिए। ट्रम्पलाई गार्ड अफ अनरसमेत प्रदान गरिएको थियो।

भेटपछि दुई नेताबीच द्विपक्षीय वार्ता सुरु भएको हो। वार्तामा अमेरिका र चीन सम्बन्ध, व्यापार, शुल्क, प्रविधि, कृत्रिम बुद्धिमत्ता, दुर्लभ खनिज र ताइवानलगायत विषयमा छलफल भएको बताइएको छ। वार्ताका क्रममा सीले अमेरिका र चीनबीचको सम्बन्ध विश्वको स्थिरताका लागि महत्त्वपूर्ण रहेको बताएका छन्। उनले दुई देश प्रतिस्पर्धीभन्दा पनि साझेदार बन्नुपर्ने धारणा राखेका छन्।

जवाफमा ट्रम्पले सीको प्रशंसा गर्दै उनको मित्र हुन पाएकोमा खुशी लागेको बताएका छन्। उनले अमेरिका र चीनबीचको सम्बन्ध अब अझ राम्रो हुने विश्वाससमेत व्यक्त गरेका छन्। सीले भने, ‘दुई देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ।’

जवाफमा ट्रम्पले सीको प्रशंसा गर्दै भने, ‘तपाईंको मित्र हुन पाउनु सम्मानको कुरा हो।’ साथै ट्रम्पले अमेरिका र चीनबिचको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताए। उनले भने, ‘विश्वका केही प्रमुख व्यापारिक नेताहरूलाई मसँगै चीन ल्याएको छु।’

ट्रम्पको टोलीमा अमेरिकी व्यापार क्षेत्रका चर्चित व्यक्तिहरू पनि सहभागी छन्। ट्रम्पको प्रतिनिधिमण्डलमा इलोन मस्क, एप्पलका सीईओ टिम कुक र बोइङका सीईओलगायत अमेरिकाका प्रमुख व्यापारिक नेताहरू छन्।