प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छः नेता भट्टराई

User Image Prime TV News एक घण्टा अगाडि
Image of प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्छः नेता भट्टराई

काठमाडौ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने धारणा राखेका छन्।

फेसबुकमार्फत आफ्नो विचार सार्वजनिक गर्दै भट्टराईले संसदीय व्यवस्थामा संसद्को भूमिका धेरै महत्त्वपूर्ण हुने बताएका हुन्। संसद्ले नै प्रधानमन्त्री चयन गर्ने भएकाले संसद्प्रति उत्तरदायी हुनु प्रधानमन्त्रीको कर्तव्य भएको उनको भनाइ छ। उनले राष्ट्रपतिबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सरकारकै योजना भएकाले त्यसबारे प्रधानमन्त्री स्वयंले स्पष्ट पार्नुपर्ने बताएका छन्।

भट्टराईले प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभएको विषयप्रति पनि असन्तुष्टि जनाएका छन्। उनले संसद्मा गएर आफ्नो धारणा राख्नु लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण भाग भएको बताएका छन्। उनका अनुसार धेरै लोकतान्त्रिक मुलुकमा प्रधानमन्त्रीहरूले संसदबाटै महत्वपूर्ण विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने परम्परा छ। उनले प्रक्रिया मिच्ने वा छल्ने काम लोकतान्त्रिक अभ्यासअनुसार ठीक नहुने पनि बताएका छन्।