दशमीको दिन जीवित देवी कुमारीबाट सर्वसाधारणलाई टीका
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । दशैंको मुख्य दिन विजया दशमीमा जीवित देवी कुमारीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ। हनुमानढोका दरबारस्थित कुमारीघरमा बिहान ११ बजेपछि सर्वसाधारणले देवी कुमारीबाट टीका तथा प्रसाद लिन सक्नेछन्।
कुमारीघर व्यवस्थापन समितिका अनुसार महानवमीको मध्यरातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइने परम्परा अनुसार धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ।
तलेजु भवानीको प्रतीक स्वरूप जीवित कुमारीलाई विशेष शक्तिसम्पन्न मानिने चलन छ। यही विश्वासका आधारमा महानवमीको रातमा मूलचोक नजिक विशेष पूजा गरी ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन रहेको छ।







