बैंकहरूको ब्याजदर फेरि घट्यो

User Image Prime TV News २ घण्टा अगाडि
Image of बैंकहरूको ब्याजदर फेरि घट्यो

काठमाडौ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूमा पैसा धेरै भए पनि कर्जा प्रवाह कम भएकाले ब्याजदर घट्दै गएको हो। जेठमा ७ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १३ वटा बैंकले पुरानै दर कायम राखेका छन्।

औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.४० प्रतिशतबाट घटेर ४.३४ प्रतिशतमा पुगेको छ। अधिकांश बैंकले अहिले व्यक्तिगत मुद्दती निक्षेपमा ४ देखि साढे ४ प्रतिशतसम्म ब्याज दिइरहेका छन्। यो दर हालको मुद्रास्फितिभन्दा पनि कम रहेको छ।

सबैभन्दा बढी ब्याजदर दिने बैंकमा एनएमवी बैक रहेको छ। बैंकले लामो अवधिको मुद्दती निक्षेपमा अधिकतम ४.८० प्रतिशत ब्याज दिने जनाएको छ। बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको र कर्जा माग कम भएकाले ब्याजदर घटेको बताइएको छ। निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि कम हुने अपेक्षा गरिएको छ।

व्यक्तिगत मुद्दतीमा वैशाख र जेठको अधिकतम ब्याजदर 

बैंक वैशाखको ब्याजदर % जेठको ब्याजदर %
कृषि विकास ४.१५ ४.१५
सिटिजन्स ४.१५ ४.१०
एभरेस्ट ४.०५ ४.०५
ग्लोबल आईएमई ४.५० ४.५०
हिमालयन ४.५० ४.२५
इन्भेस्टमेन्ट मेगा ४.५० ४.५०
कुमारी ४.०५ ३.९६
लक्ष्मी सनराइज ४.५० ४.५०
माछापुच्छ्रे ४.५० ४.५०
नबिल ४.५५ ४.५५
नेपाल ४.५० ४.२५
नेपाल एसबीआई ४.२५ ४.२५
एनआईसी एसिया ४.७५ ४.५०
एनएमबी ५.०० ४.८०
प्राइम कमर्सियल ४.१५ ४.१५
प्रभु ४.५५ ४.५५
राष्ट्रिय वाणिज्य ४.७५ ४.७५
सानिमा ४.५० ४.५०
सिद्धार्थ ४.०५ ४.०५
स्ट्यान्डर्ड चार्टर्ड ४.१० ४.००