प्रधानमन्त्री उपस्थित नभए संसद् अवरोध जारी रहने कांग्रेसको चेतावनी

User Image Prime TV News २ घण्टा अगाडि
Image of प्रधानमन्त्री उपस्थित नभए संसद् अवरोध जारी रहने कांग्रेसको चेतावनी

काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्री संसदमा उपस्थित नभए संसद् अवरोध जारी रहने चेतावनी दिएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री अनिवार्य रूपमा संसद्मा आउनुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री उपस्थित नभएसम्म विरोध जारी रहने स्पष्ट गरे।

उनले सभामुख डोल प्रसाद अर्याललाई पनि प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन भूमिका खेल्न आग्रह गरे। राईले संसद् जस्तो महत्त्वपूर्ण संस्थालाई बेवास्ता गर्नु गलत भएको भन्दै प्रधानमन्त्रीको अनुपस्थिति गम्भीर विषय भएको बताए।

उनका अनुसार प्रधानमन्त्री संसदमा नआउनु संसदीय अभ्यासप्रति बेवास्ता जस्तो देखिन्छ। उनले सत्तापक्षले यस विषयलाई सामान्य बनाउन खोजिरहेको आरोपसमेत लगाए। कांग्रेसले प्रधानमन्त्री उपस्थित नभएसम्म संसद्मा विरोध जारी रहने जनाएको छ।