संसद रेकर्डबाट गणेश पराजुलीका असंसदीय शब्द हटाइए
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । प्रतिनिधिसभामा बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीका केही शब्द संसद्को अभिलेखबाट हटाइएको छ।
बैठकका क्रममा उनले प्रयोग गरेका केही अभिव्यक्तिलाई असंसदीय मान्दै सभामुखले हटाउने निर्णय गरेका हुन्। सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड (घ) उल्लेख गर्दै ती शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका थिए।
पराजुलीले प्रयोग गरेका “भरौटे” र “यहाँ लुगा लगाएर पनि नाङ्गै हिडेजस्तो” जस्ता शब्दहरू रेकर्डबाट हटाइएको हो। संसदीय मर्यादा कायम राख्न यस्तो निर्णय गरिएको बताइएको छ।






