बनेपाको सुकुमबासी होल्डिङ सेन्टर अनुगमन गर्ने संसदीय समितिको निर्णय

User Image Prime TV News २ घण्टा अगाडि
Image of बनेपाको सुकुमबासी होल्डिङ सेन्टर अनुगमन गर्ने संसदीय समितिको निर्णय

काठमाडौ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले काभ्रेको बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरको अनुगमन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको समिति बैठकले त्यहाँ राखिएका सुकुमबासी परिवारको अवस्था बुझ्न अनुगमनमा जाने निर्णय गरेको हो। तर अनुगमन कहिले गर्ने भन्ने मिति भने तय भइनसकेको छ।

समितिका सहसचिव कान्छा दुलालका अनुसार अनुगमनको निर्णय भए पनि मिति टुंगो लाग्न बाँकी छ। समितिले छलफल गरेर मिति तय गर्ने तयारी गरेको छ। बैठकमा सुकुमबासी बस्तीमा डोजर चलाइएका विषयमा पनि छलफल भएको थियो। सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिएका थिए।

सहरी विकास मन्त्री सुनिल लम्सालले घर टहरा भत्काइए पनि कसैलाई अन्याय नभएको दाबी गरे। उनले विस्थापित भएकालाई व्यवस्थापन गर्ने काम भइरहेको बताए। त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था मन्त्रालयकी मन्त्री प्रतिभा रावलले भत्काइएका विद्यालयका विद्यार्थीलाई अन्य विद्यालयमा पढाइको व्यवस्था गरिएको र पढाइ रोकिएको छैन भन्दै जवाफ दिएकी थिइन्।