एनसेलको कार्यालयमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा

User Image Prime TV News ३ घण्टा अगाडि
Image of एनसेलको कार्यालयमा सीआईबीको छापा, केही कागजात नियन्त्रणमा

काठमाडौ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको छ। सीआईबीले कम्पनीसँग सम्बन्धित अनियमितताबारे अनुसन्धान गर्न भन्दै छापा मारेको जनाएको छ।

यसका लागि कार्यदलको प्रतिवेदन र नेपाल दूरसञ्चार प्राधिकरणको पत्राचारलाई आधार बनाइएको बताइएको छ। अनुसन्धानका क्रममा एनसेलले स्मार्ट टेलिकमको सामान लिलामी र शेयर बाँडफाँटसम्बन्धी विषयमा अनियमितता गरेको आशंकामा छानबिन अघि बढाइएको हो।

त्यसैगरी स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट बैंकसँग मिलेर गैरकानुनी रूपमा सम्पत्ति लिलामी भएको विषय पनि अनुसन्धानमा परेको सीआईबी स्रोतले जनाएको छ। छापाका क्रममा सीआईबी टोलीले कम्पनीको कार्यालयबाट केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। हाल अनुसन्धान जारी रहेको जनाएको छ ।