प्रधानमन्त्री बिना कसरी हुन्छ गम्भीर छलफल? :अर्जुननरसिंह केसी

User Image Prime TV News एक घण्टा अगाडि
Image of प्रधानमन्त्री बिना कसरी हुन्छ गम्भीर छलफल? :अर्जुननरसिंह केसी

काठमाडौ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफल छोटो समयमै सकाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभामा बोल्दै उनले यस्तो महत्वपूर्ण विषयमा विगतमा धेरै दिनसम्म छलफल हुने गरेको उल्लेख गरे। अहिले भने ६ घण्टामै छलफल सीमित गर्नु संसदको अपमान भएको उनको भनाइ थियो। नेता केसीले बहुमतको आधारमा विपक्षीको आवाज कमजोर बनाउन खोजिएको आरोप पनि लगाए। उनले संसद विवेक र चेतनाले चल्नुपर्ने बताए।

छलफलका क्रममा प्रधानमन्त्री उपस्थित नभएको विषयमा पनि उनले असन्तुष्टि व्यक्त गरे। “नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै दस्तावेज हो, त्यसैले उहाँ आफैँ उपस्थित भएर जवाफ दिनुपर्थ्यो,” उनले भने। उनले संविधानअनुसार प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति जवाफदेही हुनुपर्ने व्यवस्था रहेको स्मरण गराए।

त्यस्तै सांसद केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई “आशा देखाउने तर स्पष्ट योजना नदेखिएको दस्तावेज” भनेर टिप्पणी गरे। सकारात्मक विषय भए पनि त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट दिशा नदेखिएको उनको भनाइ थियो।