इरानको आणविक हतियार रोक्ने विषयमा अमेरिका र चीन सहमत
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । अमेरिका र चीन इरानलाई आणविक हतियार बनाउन नदिने विषयमा सहमत भएका छन्। बेइजिङमा भएको भेटवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङ बीच यसबारे समझदारी भएको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुवै देशले इरानको आणविक कार्यक्रमलाई नियन्त्रणमा राख्नुपर्ने आवश्यकता रहेको बताएका छन्। वार्तापछि सार्वजनिक गरिएको विवरणमा ताइवानको विषय भने समावेश गरिएको छैन। यसलाई कूटनीतिक रूपमा चासोका साथ हेरिएको छ।
चीनले ताइवानको विषयलाई संवेदनशील मान्दै आएको छ। तर यस पटकको वार्तामा त्यसबारे खुला चर्चा नभएको देखिएको छ। विश्लेषकहरूले अमेरिका र चीनबीच मतभेद भए पनि इरानको आणविक हतियारको विषयमा भने दुवै देश एउटै धारणा नजिक पुगेको बताएका छन्।







