पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका विषय छानबिन गर्न सरकारद्वारा समिति गठन

User Image Prime TV News ४ घण्टा अगाडि
Image of पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका विषय छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौ । सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा छानबिन गर्न विशेष समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को वैशाख २८ गते बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समितिले पूर्वगृहमन्त्री गुरुङ मन्त्री हुँदा र त्यसपछि सार्वजनिक रूपमा उठेका विषयको अध्ययन तथा छानबिन गर्नेछ । सरकारले समितिलाई सत्यतथ्य पत्ता लगाएर रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

पछिल्लो समय सार्वजनिक पदमा बसेका व्यक्तिहरूमाथि उठेका प्रश्न र विवादबारे सरकार दबाबमा परिरहेका बेला यो समिति गठन गरिएको हो ।