प्रधानमन्त्री अनुपस्थित भएपछि तीन दलद्वारा संसद् बैठक बहिष्कार

User Image Prime TV News २ घण्टा अगाडि
Image of प्रधानमन्त्री अनुपस्थित भएपछि तीन दलद्वारा संसद् बैठक बहिष्कार

काठमाडौ । तीन विपक्षी दलले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी दलहरूले बैठक छाडेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै बैठक बहिष्कार गरेका छन् ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै तर्फबाट प्रस्तुत भएकाले त्यसको जवाफ पनि प्रधानमन्त्रीले नै दिनुपर्ने अडान राख्दै आएका छन् । यसअघि पनि प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलहरूले बैठक अवरोध गरेका थिए ।

प्रधानमन्त्री अनुपस्थित रहेपछि सदनमा फेरि राजनीतिक तनाव बढेको छ ।