नेकपा एमालेले पनि गर्यो संसद् बैठक बहिष्कार

User Image Prime TV News एक घण्टा अगाडि
Image of नेकपा एमालेले पनि गर्यो संसद् बैठक बहिष्कार

काठमाडौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि नेकपा (एमाले) ले पनि संसद् बैठक बहिष्कार गरेको छ ।

यसअघि नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले बैठक छाडिसकेका थिए । पछि एमाले पनि बहिष्कारमा उत्रिएपछि संसदमा राजनीतिक विवाद थप चर्किएको हो ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने माग राख्दै आएका छन् । उनीहरूका अनुसार नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै भएकाले त्यसको उत्तर पनि प्रधानमन्त्रीले नै दिनुपर्छ ।

उता, नेपाली कांग्रेसका सांसद भने बैठकमा उभिएर विरोध जनाइरहेका छन् । प्रधानमन्त्रीको अनुपस्थितिका कारण प्रतिनिधिसभामा लगातार अवरोध र बहिष्कारको अवस्था सिर्जना भएको छ ।