मधेस प्रदेशका मुख्यमन्त्रीले विश्वासको मतलिदै
Prime TV News एक घण्टा अगाडि 
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत माग्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
जनमत पार्टीले गत वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सत्ता पक्षका नेताहरूले भने सरकारसँग पर्याप्त समर्थन भएकाले विश्वासको मत सजिलै प्राप्त हुने बताएका छन् । सरकारलाई नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा नेपाल र नेकपा लगायत दलहरूको साथ रहेको छ ।
विपक्षी दलहरूले भने सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना गर्दै आएका छन् । हाल मधेश प्रदेशसभामा १०१ सदस्य रहेका छन् ।







