नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउ घट्यो
Prime TV News २ घण्टा अगाडि 
काठमाडौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ मूल्य सार्वजनिक गरे अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार यहि सुन ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख ५५ हजार ९१५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । १० ग्राम चाँदीको मूल्य ४ हजार ६२१ रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा दैनिक सुन–चाँदीको मूल्य तय हुने गर्दछ ।







