महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश, बेरुजुप्रति चिन्ता व्यक्त

User Image Prime TV News २ घण्टा अगाडि
Image of महालेखापरीक्षकको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश, बेरुजुप्रति चिन्ता व्यक्त

काठमाडौ । आर्थिक वर्ष २०८१/०८२ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरिएको छ । शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सरकारी खर्चमा बढ्दै गएको बेरुजुप्रति चिन्ता व्यक्त गरेका छन् । उनले बेरुजु बढ्नुले सार्वजनिक निकायको पारदर्शिता र आर्थिक अनुशासन कमजोर हुँदै गएको संकेत गरेको बताए । राष्ट्रपति पौडेलले बेरुजु फछ्र्यौट गर्न सबै सरकारी निकाय अझ बढी जिम्मेवार बन्नुपर्ने बताए ।

उनले अनियमित खर्च नियन्त्रण गर्न सके मात्र सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा हुने उल्लेख गरे । उनले महालेखापरीक्षकको प्रतिवेदनले सम्बन्धित निकायलाई अझ जवाफदेही बनाउने विश्वास पनि व्यक्त गरे ।

साथै, संस्थागत क्षमता र आन्तरिक सुशासन सुधार गर्न महालेखापरीक्षकको कार्यालयले अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।