वैशाख मसान्तसम्म सरकारको बजेट खर्च करिब ६० प्रतिशत

User Image Prime TV News एक घण्टा अगाडि
Image of वैशाख मसान्तसम्म सरकारको बजेट खर्च करिब ६० प्रतिशत

काठमाडौ । चालु आर्थिक वर्ष २०८१/०८२ को वैशाख मसान्तसम्म सरकारको बजेट खर्च करिब ६० प्रतिशत पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पछिल्ला १० महिनामा सरकारले कुल ११ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ ।

सरकारले यस वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो । हालसम्म कुल बजेटको ५९.७५ प्रतिशत खर्च भएको छ । चालु खर्चतर्फ ६८.९८ प्रतिशत रकम खर्च भएको छ भने विकास (पुँजीगत) खर्चतर्फ मात्र २७.९१ प्रतिशत खर्च भएको देखिएको छ ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ ६५.३० प्रतिशत खर्च भएको छ । आम्दानीतर्फ सरकारले १५ खर्ब ३३ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेकामा हालसम्म करिब १० खर्ब १२ अर्ब रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको करिब ६६ प्रतिशत हो । राजस्व संकलन पनि लक्ष्यको ६६.६९ प्रतिशत पुगेको छ । वैदेशिक अनुदानतर्फ भने लक्ष्यको ३३ प्रतिशतभन्दा कम मात्र रकम प्राप्त भएको छ ।