मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव विश्वासको मतबाट पछि हटे
Prime TV News ३ घण्टा अगाडि 
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने कार्यक्रमबाट पछि हटेका छन् ।
सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टि र राजनीतिक विवादका कारण अन्तिम समयमा विश्वासको मत लिने योजना स्थगित गरिएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले अब मुख्यमन्त्रीले जेठ ८ गते विश्वासको मत लिने जानकारी दिएका छन् ।
आज बिहान ११ बजे प्रदेशसभा बैठक बसे पनि विश्वासको मतको प्रस्ताव भने अघि नबढ्ने भएको छ । गत वैशाख २१ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका थिए ।
गठबन्धनभित्र र आफ्नै पार्टीभित्र समेत असन्तुष्टि देखिएपछि फ्लोर क्रस हुने जोखिमका कारण तत्काल निर्णय रोकिएको बताइएको छ । प्रदेशसभा बैठक अब नयाँ मितिमा विश्वासको मत लिने तयारीसहित अघि बढ्ने जनाइएको छ ।







