सुधन गुरूङमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

User Image Prime TV News ३ घण्टा अगाडि
Image of सुधन गुरूङमाथि निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौ । नेपाली कांग्रेसका स‌ंसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पूर्वगृहमन्त्री सुधन गुरूङ माथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

नेता आङ्देम्बेले सरकारले गठन गरेको छानबिन समितिले आरोपको सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले समितिले कसैलाई जोगाउने वा सफाइ दिने काम गर्न नहुने बताएका छन् । पूर्वगृहमन्त्री गुरूङमाथि व्यापारी दीपक भट्टसँग सेयर लगानी र आर्थिक सम्बन्ध रहेको आरोप लागेको थियो ।

विवादपछि उनले गत ९ वैशाखमा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । लामो समयसम्म छानबिन समिति नबनेपछि सरकारको आलोचना हुँदै आएको थियो । अहिले सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

आङ्देम्बेले समिति गठनलाई सकारात्मक कदम भने पनि यसको निष्पक्षतामै विश्वसनीयता निर्भर हुने बताएका छन् । उनले राजनीतिक प्रभावबाट टाढा रहेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताएका छन् ।