नेप्सेमा झिनो सुधार, कारोबार रकम ३ अर्ब नाघ्यो

User Image Prime TV News ६ घण्टा अगाडि
Image of नेप्सेमा झिनो सुधार, कारोबार रकम ३ अर्ब नाघ्यो

काठमाडौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ।

लगातार केही दिन ओरालो लागेको नेप्से आज १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेको हो। आज बजारमा ३ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ३ सय ३८ कम्पनीका ७९ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्। दिनभर ४३ हजारभन्दा बढी कारोबार भएका थिए।

१३ उपसमूहमध्ये ७ उपसमूह हरियो देखिएका छन् भने ६ उपसमूह घटेका छन्। यद्यपि कुनै पनि उपसमूहमा ठूलो उतारचढाव भने देखिएन। कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो।

यस कम्पनीको ३० करोड ६६ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । यस्तै अपी पावर कम्पनीको ११ करोड ४४ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको ८ करोड ६३ लाख रुपैयाँको कारोबार भयो ।