सुनुवाइपछि ‘सेल्फ रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुपर्ने प्रस्ताव

User Image Prime TV News ३ घण्टा अगाडि
Image of सुनुवाइपछि ‘सेल्फ रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुपर्ने प्रस्ताव

काठमाडौ । स‌सदीय सुनावाइ समितिले संवैधानिक आयोगका पदाधिकारीहरूले आफ्नो कामको प्रगति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनिवार्य बनाउनुपर्ने बताएको छ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै समितिका सभापति वोधनारायण श्रेष्ठले सुनुवाइका क्रममा व्यक्त गरिएका प्रतिबद्धता अनुसार काम भए–नभएको जानकारी नागरिकलाई दिनुपर्ने बताएका हुन्। उनका अनुसार नियुक्त भएका पदाधिकारीहरूले आफूले गरेका कामको ‘सेल्फ रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुपर्छ। यसले उनीहरूलाई देश र नागरिकप्रति जिम्मेवार बनाउन मद्दत गर्ने विश्वास समितिको छ।

सभापति श्रेष्ठले संसदीय सुनुवाइलाई थप व्यवस्थित बनाउन छुट्टै संघीय कानुन आवश्यक रहेको पनि बताए। कानुन बनेपछि सुनुवाइको प्रक्रिया, प्रश्न सोध्ने तरिका र जवाफदेहिताबारे स्पष्ट नियम बन्ने उनको भनाइ छ। उनले सुनुवाइका क्रममा व्यक्तिको मर्यादा कायम राखेर प्रश्न सोध्नुपर्ने र त्यसका लागि आचारसंहिता बनाउनुपर्नेमा पनि जोड दिए।

समितिले उजुरीकर्ताको गोपनीयता र सुरक्षालाई पनि प्राथमिकतामा राख्ने जनाएको छ। सुनुवाइ प्रक्रिया पारदर्शी र प्रभावकारी बनाउन समिति काम गरिरहेको सभापति श्रेष्ठले बताए।