एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

User Image Prime TV News एक घण्टा अगाडि
Image of एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

काठमाडौ । नेकपा एमालेको आज बस्ने तय भएको सचिवालय बैठक स्थगित गरिएको छ । अब बैठक सोमबार बस्ने भएको छ । एमालेले यसअघि आजका लागि सचिवालय बैठक बोलाएको थियो ।

तर, जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसका कार्यक्रमको तयारीमा नेताहरू व्यस्त हुनुपर्ने भएपछि बैठक सारिएको एमालेले जनाएको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार विभिन्न कार्यक्रमको तयारी र सहभागिताका कारण बैठक सोमबारका लागि सारिएको हो ।

एमालेले प्रत्येक वर्ष जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।