संसदमा प्रधानमन्त्री नदेखिनु चिन्ताजनक : भीष्मराज आङ्देम्बे

User Image Prime TV News ३ दिन अगाडि
Image of संसदमा प्रधानमन्त्री नदेखिनु चिन्ताजनक : भीष्मराज आङ्देम्बे

काठमाडौ । नेपाली कांग्रेसका संसदीय दलका नेताभीष्मराज आङ्देम्बेलेले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

शनिबार आयोजित मोबाइल व्यवसायी महासङ्घको महाधिवेशनमा बोल्दै उनले संसद्मा प्रतिपक्षीले प्रधानमन्त्री खोज्दा समेत नभेटिने अवस्था बनेको बताएका हुन् ।

उनले सरकारको नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा पनि प्रधानमन्त्री स्वयं उपस्थित नभएको भन्दै असन्तुष्टि जनाए । ‘देशको एक वर्षको योजना र मार्गचित्र प्रस्तुत हुँदा नेतृत्व नै जिम्मेवार र उपस्थित नदेखिनु राम्रो संकेत होइन,’ आङ्देम्बेले भने ।

उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम गरिब, किसान र मजदुरको पक्षमा भन्दा मध्यम र उच्च वर्ग केन्द्रित भएको आरोप लगाए । आङ्देम्बेले प्रमुख विपक्षी कांग्रेसले सरकारसँग कामको परिणाम खोजिरहेको स्पष्ट पारे ।

उनले विपक्षीको भूमिका केवल विरोध गर्ने नभई राज्यलाई सही दिशामा लैजान दबाब दिने भएको बताए । त्यस्तै, उनले अवैध मोबाइल आयात नियन्त्रण गर्न सरकारलाई ध्यान दिन आग्रह गरेका छन् ।