लोकतन्त्रमा संस्था बलियो हुनुपर्छ : देवराज चालिसे

User Image Prime TV News ३ दिन अगाडि
Image of लोकतन्त्रमा संस्था बलियो हुनुपर्छ : देवराज चालिसे

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे लोकतन्त्रमा व्यक्ति भन्दा संस्था ठूलो हुने बताएका छन् ।

उनले लोकतन्त्र विधि र प्रक्रियाबाट चल्ने व्यवस्था भएकाले संस्थागत मर्यादा सबैले मान्नुपर्ने बताएका हुन् । चालिसेले अहिले राजनीति र संसदमा 'व्यक्ति ठूलो कि संस्था ?' भन्ने बहस चलिरहेको उल्लेख गर्दै लोकतन्त्रमा प्रक्रिया सबैका लागि समान हुने बताए ।

उनका अनुसार व्यक्ति केही समयका लागि मात्रै हुने भए पनि संस्था स्थायी हुने भएकाले संस्था बलियो हुनुपर्छ । उनले देश र राजनीतिक दल आवेगले नभई नियम, प्रक्रिया र संस्थागत सन्तुलनबाट चल्नुपर्ने धारणा राखे । चालिसेले लोकतन्त्रमा शक्तिशाली नेता भन्दा शक्तिशाली संस्था आवश्यक पर्ने बताए ।

कुनै नेता आफूलाई संस्थाभन्दा माथि ठान्न थाले लोकतन्त्र कमजोर हुने चेतावनी दिँदै उनले संस्थालाई बलियो बनाउनु नै सही नेतृत्व भएको उल्लेख गरे ।