पुटिन मे १९ मा चीन जाँदै, सी जिनपिङसँग महत्वपूर्ण भेट हुने

User Image Prime TV News ३ दिन अगाडि
Image of पुटिन मे १९ मा चीन जाँदै, सी जिनपिङसँग महत्वपूर्ण भेट हुने

काठमाडौ । रूसी राष्ट्रपति  भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि मे १९ मा चीन जाने भएका छन् ।

क्रेमलिनले शनिबार जानकारी दिँदै पुटिनको भ्रमण मे १९ र २० मा हुने जनाएको हो । भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँ भेटवार्ता गर्नेछन् ।

भेटमा रूस र चीनबीचको साझेदारी, रणनीतिक सहकार्य तथा अन्तर्राष्ट्रिय मुद्दाबारे छलफल हुने बताइएको छ । दुवै नेताले वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

ली किआङसँग पनि आर्थिक तथा व्यापारिक सहयोग बारे छलफल गर्ने कार्यक्रम तथा भएको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएलगत्तै पुटिनको भ्रमण घोषणा गरिएको हो ।