कांग्रेस फुटको जोखिममा रहेको पूर्णबहादुर खड्काको चेतावनी

User Image Prime TV News ३ दिन अगाडि
Image of कांग्रेस फुटको जोखिममा रहेको पूर्णबहादुर खड्काको चेतावनी

काठमाडौ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले कांग्रेस पार्टी विभाजनको जोखिममा पुगेको बताएका छन् । कर्णाली प्रदेशस्तरीय भेलामा बोल्दै उनले पार्टी फुटको अवस्था आउन नदिन नेतृत्व गम्भीर हुनुपर्ने बताएका हुन् ।

खड्काले आफू भने पार्टी फुटाउन नहुने पक्षमा रहेको स्पष्ट पारे । उनले विगतमा पनि कांग्रेस फुटेको र पछि फेरि मिलाइएको स्मरण गरे । उनले अहिले पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा नेतृत्वको हातमा रहेको बताए ।

खड्काले अहिले सानेपामा आधा कांग्रेस मात्रै रहेको टिप्पणी गर्दै सभापति गगन थापालाई सबै नेताहरूलाई मिलाएर अघि बढ्न आग्रह गरे । उनले सबै पक्षलाई समेटेर सिंगो कांग्रेसको नेतृत्व गर्नुपर्ने बताए ।

देशको राष्ट्रियता कमजोर अवस्थामा रहेको भन्दै खड्काले यस्तो समयमा कांग्रेस फुट्नु राम्रो नहुने धारणा पनि राखे ।