म्यान्चेस्टर सिटीले जित्यो एफए कप, चेल्सी फेरि फाइनलमा निराश

User Image Prime TV News २ दिन अगाडि
Image of म्यान्चेस्टर सिटीले जित्यो एफए कप, चेल्सी फेरि फाइनलमा निराश

काठमाडौ । म्यान्चेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । वेम्बलीमा भएकाे फाइनल खेलमा  चेल्सीलाई १–० गोलले हराउँदै सिटी आठौँ पटक एफए कप उपाधि आफ्नो नाममा गरेको हो । 

सिटीकाे जितमा एन्टोनी सेमेन्योले गरेकाे गोल निर्णायक बन्याे । उनले ७१ औँ मिनेटमा गोल गरेका हुन् । सिटीको यो आठौँ उपाधि हो । यसअघि टोलीले लिग कप जितेको थियो ।

खेल सकिन १८ मिनेट बाँकी रहँदा सेमेन्योले उत्कृष्ट प्रदर्शन गर्दै गतिरोध तोड्दासम्म खेल निराशाजनक रूपमा सम्पन्न भएको थिएन । इर्लिङ हालान्डले दिएको पासमा सेमेन्योले ७१ औँ मिनेटमा चलाखीपूर्ण गोल गरे ।

दायाँ खुट्टाको ‘फ्लिक’ मा सम्भव गोलमा चेल्सी गोलरक्षक रोबर्ट सान्चेजसामु अवरोध तेर्स्याउने कुनै अवसर थिएन । उनी जनवरीमा मात्रै बर्नमाउथबाट सिटी आएका थिए ।

एक गोलले पछाडि रहेपछि चेल्सीले शृंखलाबद्ध आक्रमण गरे पनि गाेल गर्न भने सकेन । चेल्सी एफए कपको फाइनलमा पराजित भएको यो लगातार चौथोपल्ट हो ।