कामीरिता शेर्पाले फेरि बनाए विश्व कीर्तिमान

User Image Prime TV News २ दिन अगाडि
Image of कामीरिता शेर्पाले फेरि बनाए विश्व कीर्तिमान

काठमाडौ । कामीरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

सेभेन समिट ट्रेक्सका अनुसार उनले आइतबार बिहान १०:१२ बजे सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्। कामीरिताले पहिलो पटक सन् १९९४ मा सगरमाथा आरोहण गरेका थिए। त्यसपछि उनले लगातार हिमाल चढ्दै आफ्नै कीर्तिमान तोड्दै आएका छन्।

उनको नाम आठ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा धेरै पटक आरोहण गर्ने पर्वतारोहीका रूपमा विश्वभर परिचित छ। कामीरिताको यो सफलताले नेपाली पर्वतारोहण क्षेत्रलाई फेरि अन्तर्राष्ट्रिय स्तरमा चर्चा दिलाएको छ। साथै, उनको उपलब्धिलाई धेरैले नेपाली साहस र अनुभवको प्रतीकका रूपमा लिएका छन्।