कंगोमा फेरि फैलियो इबोला, ८० जनाको मृत्यु

User Image Prime TV News २ दिन अगाडि
Image of कंगोमा फेरि फैलियो इबोला, ८० जनाको मृत्यु

काठमाडौ । कंगोको पूर्वी भागमा इबोला भाइरस फैलिँदा हालसम्म ८० जनाको मृत्यु भएको छ। इटुरी प्रान्तमा २४६ वटा शंकास्पद बिरामी पनि भेटिएका छन्।

विश्व स्वास्थ्य संगठनले अवस्थालाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ। तर यसलाई अहिले नै महामारी भने घोषणा गरिएको छैन। स्वास्थ्य अधिकारीहरूका अनुसार यस पटक इबोलाको ‘बुन्डिबुग्यो’ नामको नयाँ स्ट्रेन फैलिएको छ।

यही कारण रोग नियन्त्रण चुनौतीपूर्ण बन्न सक्ने बताइएको छ। रोग सबैभन्दा बढी बुनिया, र्वाम्पारा र मोंगवालु क्षेत्रमा फैलिएको छ। स्थानीय बासिन्दाले पछिल्ला दिनमा लगातार मृत्यु भइरहेका कारण डर र त्रास बढेको बताएका छन्। छिमेकी युगाण्डामा पनि इबोलाको एक केस भेटिएको छ।

यसले अन्य देशहरूमा पनि संक्रमण फैलिन सक्ने चिन्ता बढाएको छ। त्यसैले केन्या गायतका देशहरूले सीमा क्षेत्रमा निगरानी कडा पारेका छन्। इबोला निकै खतरनाक भाइरस मानिन्छ। यो संक्रमित व्यक्तिको रगत, शरीरका तरल पदार्थ वा नजिकको सम्पर्कबाट सर्ने गर्छ।

यस रोगबाट संक्रमित धेरै मानिसको ज्यान जाने जोखिम हुने भएकाले स्वास्थ्यकर्मीहरू उच्च सतर्कतामा रहेका छन्।