संविधान संशोधनका लागि युवासँग सुझाव लिँदै कांग्रेस

User Image Prime TV News २ दिन अगाडि
Image of संविधान संशोधनका लागि युवासँग सुझाव लिँदै कांग्रेस

काठमाडौ । नेपलाी कांग्रेसले संविधान संशोधनबारे युवा पुस्तासँग छलफल गर्ने भएको छ। पार्टीले आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा जेनजी अगुवाहरूसँग विशेष कार्यक्रम राखेको हो।

कार्यक्रममा संविधान संशोधनका विषयमा युवाहरूको धारणा, सुझाव र अपेक्षा सुन्ने तयारी गरिएको कांग्रेसले जनाएको छ। यसका लागि १८ जना जेनजी अगुवालाई निमन्त्रणा पठाइएको छ। छलफलमा संविधानविद् र प्राध्यापकहरू पनि सहभागी हुनेछन्।

कांग्रेसले संविधान संशोधनका लागि विभिन्न क्षेत्रका व्यक्तिहरूसँग लगातार राय संकलन गर्दै आएको जनाएको छ। यसअघि पनि पार्टीको विज्ञ समितिले संविधानविद्हरूसँग दुई चरणमा छलफल गरिसकेको थियो। अब युवा पुस्ताको विचारलाई पनि समेटेर सुझाव तयार पार्ने तयारी भइरहेको बताइएको छ।

सरकारले पनि संविधान संशोधनबारे छुट्टै छलफल गरिरहेको भए पनि कांग्रेस त्यस प्रक्रियामा सहभागी भएको छैन। कांग्रेसले आफ्नै ढंगले सुझाव संकलनलाई अघि बढाएको हो।