सुनचाँदीको मूल्य घट्यो, तोलामा चार हजारले सस्तियो
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।
सुन चाँदी ब्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँले घटेको छ। यस दिन छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी ५ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो। महासंघका अनुसार पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य घटबढ भइरहेको छ।







