एमालेको नयाँ पार्टी कार्यालय बल्खुमै बन्छः महासचिव पोखरेल

User Image Prime TV News २ दिन अगाडि
Image of एमालेको नयाँ पार्टी कार्यालय बल्खुमै बन्छः महासचिव पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेको नयाँ पार्टी कार्यालय बल्खुमा नै बनाउने तयारी भएको बताएका छन्।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा आइतबार बल्खुमा आयोजित कार्यक्रममा उनले यो जानकारी दिएका हुन्। पोखरेलका अनुसार पार्टी कार्यालय कहाँ बनाउने भन्ने विषयमा सोमबार बस्ने सचिवालय बैठकले अन्तिम निर्णय गर्ने बताए । 

उनले पार्टीको संगठनात्मक कामलाई सहज बनाउन नयाँ भवन आवश्यक भएको पनि बताएका छन्।