जसपा–लोसपा एकीकरणप्रति हृदयेश त्रिपाठीको असहमति

User Image Prime TV News २ दिन अगाडि
Image of जसपा–लोसपा एकीकरणप्रति हृदयेश त्रिपाठीको असहमति

काठमाडौ । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी बीच भएको एकीकरणप्रति असहमति जनाएका छन्।

त्रिपाठी यसअघि लोसपा हुँदै जसपा नेपालको एकता प्रक्रियामा सहभागी भएका थिए। तर अहिले निर्वाचन आयोगको निर्णयपछि आफूलाई प्रक्रियाबाट बाहिर राखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

उनले एकीकरणलाई स्वागतयोग्य भने पनि आफ्नो पार्टीलाई जानकारी नदिई प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन्। साथै, निर्वाचनको मुखमा भएको यस्तो काम अपारदर्शी भएको बताएका छन्।

त्रिपाठीले जसपा नेपालको घोषणापत्रमा रहेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता विषयप्रति पनि असहमति जनाएका छन्। उनका अनुसार यस्ता विषयले राजनीतिक रूपमा विवाद सिर्जना गर्न सक्छन्।

उता जसपा नेपालका नेताहरूले भने त्रिपाठीले आफ्नो अलग पार्टी बन्द नगरेकाले समस्या आएको बताएका छन्। एउटै व्यक्ति दुई पार्टीमा बस्न नपाइने निर्वाचन आयोगको नियमका कारण उनलाई पार्टी संरचनाबाट हटाइएको उनीहरूको भनाइ छ।