कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको छ : माधव नेपाल
Prime TV News २ दिन अगाडि 
काठमाडौ । नेकपाका सहसंयोजक माधब नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उनले विज्ञप्ति जारी गर्दै दुबै नेताको निधनले नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति पुगेको बताएका छन्।
उनका अनुसार मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिएको छ। उनले यो विचारले आन्दोलनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि बताएका छन्।
त्यस्तै, जीवराज आश्रितले पार्टी संगठन र विधि निर्माणमा महत्वपूर्ण योगदान दिएको उनले स्मरण गरेका छन्। नेपालले वर्तमान राजनीतिक चुनौतीबारे पनि टिप्पणी गर्दै कम्युनिस्ट आन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गरेका छन्।







